आज ५ प्रदेशमा भारी वर्षा र २ प्रदेशका तराईमा हावाहुरी आउन सक्ने
नेपालमा अहिले मनसुन वायुसँग अन्य वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिममा सरदर स्थानको उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
हेल्थपाटी
तपाईँको अभिमत