नेपालमा पनि कोरोना खोपको बुस्टर डोज दिइने, क-कसले पाउँछन् ?
विश्वभर कोरोना विरुद्धको खोपको थप मात्रा (तेस्रो मात्रा /बुस्टर)को चर्चा भइरहेका बेला नेपालमा पनि यसको प्रयोग हुने भएको छ । खोप विज्ञ सल्हाकार समितिले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको थप मात्रा दिन सिफारिस गरेको बालvस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।
रोग प्रतिरोधात्मक क्षमतामा हस आउने रोग भएका जस्तै एचआइभी एड्स संक्रमित, क्यान्सरका बिरामी लगायतलाई कोरोनाको तेस्रो मात्रा लगाउन सल्हाकार समितिले सिफारिस गरेको उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को अधिनमै रही सल्हाकार समितिले निश्चित समुहलाई थप मात्रा दिन भनेको उहाँले बताउनुभयो ।
पहिलानै रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा खोप लगाएपछि अन्य व्यक्तिको तुलनामा प्रतिरोधात्मक क्षमताको विकास कम भएको अध्ययनले देखाएकाले उनीहरुलाई कोरोना संक्रमणबाट जोगाउन थप मात्रा लगाउनपर्ने आवश्यक देखिएको दाहालको भनाइ छ ।
थप मात्राका लागि खोप पुग्ने पनि उहाँले बताउनुभयो । यद्यपी थप मात्रा दिनपर्ने समुहको एकीन तथ्यांक खुलाइएको छैन । नेपालमा हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ जनाले खोप लगाइसकेका छन् जसमा ८६ लाख ९७ हजार ९८९ जनाले दोस्रो मात्रा लगाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत