नारायणगढ-मुग्लिन सडकमा पहिराले २ बस बगायो, ६० बढी यात्रु रहेको अनुमान
नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनमा २ वटा यात्रु बस पहिरोले बगाएको छ । भरतपुर भन्दा २० किलोमिटर वर भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा आज बिहान ३ बजेतिर दुर्घटना भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौर जाँदै गरेको बस पहिरोमा परेका हुन् । माथिबाट खसेको पहिरोले बस बगाउँदा त्रिशुली नदीमा खसेको छ । काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौं–गौर चल्ने बसमा ४१ यात्रु रहेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ ।
खोजी कार्य जारी प्रहरीले जनाएको छ । ३ जना यात्रु पौडिएर बाँच्न सफल भएको पनि प्रहरीले जानकारी दिएका छन् ।
चितवन प्रहरी प्रमुख भावेश रिमाल र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहितको टोली घटनास्थल पुगिसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत