नर्सहरुलाई काउन्सिलमा विशेषज्ञ दर्ता गराउन आह्वान

फाइल फोटो ।
अ +
अ -
नेपाल नर्सिङ परिषदले नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आग्रह गरेको छ ।
परिषदले आइतबार सूचना प्रकाशन गरी विशेषज्ञ दर्ताका लागि आह्वान गरेको छ । सूचनामा २०७८ पुस महिनाभित्र स्नातकोत्तर सकिसकेका नर्सहरुलाई परिषदमा विशेषज्ञ दर्ता गराउन आग्रह गरेको छ ।
नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा तोकिएका शुल्क बैंकमा जम्मा गरेको भौचर संलग्न गरी दर्ता फारम भर्न भनिएको छ ।
सूचना अनुसार अनलाइनबाट समेत फर्म भर्न सकिने छ ।
हेल्थपाटी
तपाईँको अभिमत