खोपको बुस्टर हाेइन पहिलो मात्रा दिन विश्व स्वास्थ्य संगठनको निर्देशन
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले धनी राष्ट्रहरुलाई खोप पाइसकेका नागरिकहरुलाई बुस्टरका लागि भन्दै अनावश्यक खोप नलगाउन निर्देशन दिएको छ । कम आय भएका देशका नागरिकले एक मात्रा पनि खोप नपाइरहेको अवस्थामा सम्पन्न राष्ट्रहरुले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोमले यस्तो बताउनुभएको हो ।
नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार उहाँले मृत्युदर फेरि बढ्न थालेको अवस्थामा सुरुमा कुनै पनि खोप नपाएका व्यक्तिलाई खोप लगाउनुपर्नेमा जोड दिनुभयो । अत्याधिक संक्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा फैलिसकेको र यो तिव्र रुपमा फैलिरहेको भन्दै उहाँले सुरुमा सबैलाई कम्तिमा पहिलो खोप लगाउनेतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो । अझैपनि कतिपय देशमा अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुलेसमेत खोप नपाइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘विश्वव्यापी रुपमा खोपको उपलव्धतामा ठुलो खाँडल छ यो अवस्थामा केही देशहरुले बुस्टर डोजका लागि खोप अर्डर गरिरहेका छन् जबकी धेरै देशका नागरिकहरुले एक डोज पनि खोप पाएका छैनन्, ’ उहाँले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत