भारतमा ३ जनालाई एचएमपीभी संक्रमण, कति खतरा ?
चीनमा देखिएको (ह्युमन मेटा न्यूमो भाइरस) एचएमपीभी संक्रमण भारतमा ३ जनालाई पुष्टि भएको छ । यी ३ केसमध्ये २ कर्नाटक र १ गुजरात राज्यमा रहेको छ ।
गुजरातमा २ महिने बालकलाई संक्रमण पुष्टि भएको छ । बालकलाई डिसेम्वर २४ मा श्वासप्रश्वासमा समस्या देखिएपछि एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले समाचार लेखेको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर एचएमपीभी संक्रमण कर्नाटकका ३ महिने बालिका र ८ महिने बालक रहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार यी दुवै केस जनवरी ३ मा पुष्टि भएको थियो ।
मन्त्रालयले एचएमपीभी संक्रमणको खवरबाट नआत्तिन अनुरोध गरेको छ ।
ब
एचएमपीभी श्वासप्रश्वाससँग सम्बन्धित एक सामान्य समस्या रहेको मन्त्रालयले जनाएको छ । ‘यो नयाँ समस्या होइन,यसअघिनै भारतसहित विश्वका कतिपय देशहरुमा देखिसकेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विज्ञहरुको भनाइ उद्रत गर्दै सञ्चारमाध्यमहरुमा भनिएको छ, एचएमपीभी भाइरस नयाँ भाइरस नभएकाले यो सामान्य फ्लुजस्तै रहेकाले डराउनपर्ने अवस्था छैन ।
एचएमपीभी भाइरस एक सामान्य श्वासप्रश्वाससँग सम्बन्धित भाइरस हो । यो एक मौसमी रोग रहेको र यो जाडो एवं जाडोको सुरुवाती समयमा देखिने गरेको पाइएको छ ।
एचएमपीभी र कोरोना भाइरस संक्रमणको लक्षण मिल्दोजुल्दो रहेको समाचारहरुमा उल्लेख गरिएको छ । ज्वरो आउनु,खोकी लाग्नु,घाँटी दुख्नु, सास फेर्न गार्हो हुनु एचएमपीभी संक्रमणको लक्षण रहेको छ । संक्रमण बढ्दै जाँदा ब्रोन्काइटिस या निमोनियाको खतरा रहने बताइएको छ ।
संक्रमित व्यक्तिको थुकको छिटाबाट र हात मिलाउँदा एवं एक अर्कामा छुँदासमेत यो रोग सर्नेसक्ने जोखिम रहेको छ ।
एचएमपीभी भाइरस विरुद्ध खोप छैन । साबुनपानीले हात धुनु, हातले आँखा, मुख, नाकमा नछुनु, लक्षण देखिएका व्यक्तिको सम्पर्कमा नवस्नुनै एचएमपीभी संक्रमणबाट जोगिनु रहेको विज्ञहरुले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत