लोकसेवाले खुलायो ३०० नर्सका लागि विज्ञापन
अ +
अ -
लोकसेवा आयोगले ठूलो संख्यामा स्टाफ नर्सका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी ३०० जना नर्सका लागि विज्ञापन खोलेको हो।
नेपाल सरकार मन्त्रिपरिषदको फागुन १६ गतेको बैठकको निर्णयले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदको ३०० दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध गरेअनुसार विज्ञापन गरिएको आयोगले जानकारी दिएको छ।
खुल्लातर्फ १६५ जना, महिला ४५, आदिवासी/जनजाति ३६ जना माग गरिएको छ । त्यसैगरी मधेसी २९, दलित १३, अपांग ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको कोटा छुट्याइएको छ।
इच्छुकले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर २९ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत