मनमोहन कार्डियोका कर्मचारी मृत्यु प्रकरण : छानबिन समिति गठन, ४ जना पक्राउ

शुक्रबार बिहान घटनास्थलमा जम्मा भएका अस्पतालका कर्मचारीहरू।
चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कर्मचारीले आत्महत्या गरेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
सेन्टरका फार्मेसी अमृत पोखरेल अस्पतालमै झुण्डिएको अवस्थामा शुक्रबार फेला पर्नुभएको थियो ।
पोखरेलले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष छ । उहाँको साथमा २ पृष्ठ लामो सुसाइड नोट समेत भेटिएको छ । आइओएमका एक कर्मचारीले दिनुभएको जानकारी अनुसार अस्पतालका पूर्वनिर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
साथै पोखरेललाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
सुसाइड नोटमा पोखरेलले अस्पताल प्रशासन र सहकर्मीको कारण यस्तो बाटो रोज्नु परेको भन्दै आरोप लगाउनु भएको छ । यसैको आधारमा परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले जाहेरी दिएको थियो ।
जाहेरीका आधारमा प्रहरीले अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई शुक्रबार साँझ पक्राउ गरेको छ ।
पोखरेल शुक्रबार बिहान अस्पतालको दोस्रो तलामा रहेको फार्मेर्सीको स्टोरमा पोखरेल झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।
उहाँको साथमा सुुसाइड नोट पनि भेटिएको थियो ।
शिक्षण अस्तपालका कार्यरत उहाँका साथीका अनुसार पोखरेलले फार्मेसीको औषधि हिाममिना गरेको आरोप लगाइएको थियो । उहाँलगायत अन्य कर्मचारीलाई पनि उक्त आरोप लागेको थियो । यस विषयमा छानबिन गर्न समिति नै गठन भएको थियो ।
छानबिन चलिरहेका बेला पोखरेलले आत्महत्या गर्नुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत