नेपाल आर्युवेद चिकित्सक संघको आगामी महाधिवेशन स्थगित
अ +
अ -
काठमाडौं । नेपाल आर्युवेद चिकित्सक संघको आगामी महाधिवेशन स्थगित भएको छ । आउँदो जेठ २८ र २९ गते सम्पन्न गर्ने तालिका सार्वजनिक भए पनि कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्नु परेको नेपाल आर्युवेद चिकित्सक संघले जनाएको छ ।
कोरोनाको विषम परिस्थिति भएको हुँदा आफ्नो आफ्नो स्थानबाट सक्दो उपचारमा लाग्न आयुर्वेद चिकित्सकहरुलाई संघले आग्रह पनि गरेको छ । कोरोनाको महामारीमा सरकारसँग सहकार्य गर्दै नेपाल आयुर्वेद संघ अघि बढ्न चाहेको संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले बताउनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत