औषधि व्यवस्था विभागले किन जारी गर्यो १० बुँदे निर्देशन ?
औषधि व्यवस्था विभागले औषधि तथा त्यसका कच्चा पदार्थको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न १० बुँदे निर्देशन जारी गरेको छ। विभागको २०८२ साउन १८ गतेको निर्णयअनुसार, अबदेखि उद्योग तथा पैठारीकर्ताले कच्चा पदार्थको स्रोत, स्तर, र वैज्ञानिक मापदण्डहरू पालना गर्न अनिवार्य गरिएको छ।
निर्देशनअनुसार मुख्य कच्चा पदार्थ (API) का लागि अधिकतम तीनवटा स्रोत तोकिएको छ, र तिनमा जीएमपी (Good Manufacturing Practice) प्रमाणपत्र अनिवार्य हुनेछ। साथै, नन-फार्माकोपिकल API को हकमा एनालाइटिकल मेथड भ्यालिडेसनसहित API मास्टर फाइल पेश गर्नुपर्नेछ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) को कार्यपत्र QAS/23.922/rev4 अनुसार, अब ओरल लिक्युड औषधिमा डायथेलेन ग्लाइकल र इथाइलेन ग्लाइकल परीक्षण अनिवार्य गरिएको छ।
विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालका अनुसार, "औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता मजबुत पार्न यो कदम चालिएको हो।"
हेल्थपाटी
तपाईँको अभिमत