५,५९४ जनाको कोरोना परीक्षण हुँदा ३६५ लाई संक्रमण पुष्टि,४ जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा ५५ सय ९४ जनाको कोरोना परीक्षण भएको छ । जसमा ३६५ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६०९ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा २२ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले सक्रिय संक्रमित १४ हजार २६७ जना छन् ।
ऋहिले सम्म नेपालमा ८ लाख ९७ हजार १३४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ७८ हजा। ३५० जना निको भएका छन् भने ११ हजार २६१ ज्नाको मृत्यु भएको छ ।
यसैबीच आज थपिएकामध्ये काठमाडौंमा १६३ जना रहेका छन् । काठमाडौंमा १२२, ललितपुरमा २९ र भक्तपुरमा १२ जनालाई पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत