पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु हुने
पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठानबाट पनि क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार हरेक महिना कम्तिमा एकपटक क्यान्सर उपचार सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ।
मन्त्री पौडेलले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत