आगलागीका कारण भेरी अस्पतालको ओपीडी सेवा दुई दिन बन्द रहने

अ +
अ -
शनिबार लागेको आगलागी कारण बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा दुई दिन बन्द गरिने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै आगलागीका कारण ओपीडी भवनमा क्षति पुगेका कारण सेवा दिन नसकिने भएको हो ।
अस्पतालले वैशाख १४ र १५ गते बहिरङ्ग सेवा दिन नसक्ने जनाएको हो ।
विद्युत सट भएर लागेका आगोका कारण ओपीडी भवनसहित, मेडिकल स्टोर, फार्मेसीलगायतमा क्षति पुगेको थियो । आगलागीका कारण तीन करोड मूल्य बराबरको क्षति भएको मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।
आगलागीका कारण सर्ट सर्किट बताइए पनि सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
तपाईँको अभिमत