एक सातामा १३१ जना डेंगी संक्रमित, १० जनामा कोरोना संक्रमण
एक साताको अवधिमा १३१ जना डेंगी संक्रमण भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार एक सातामा १० जना कोरोना संक्रमित भेटिएका छन् ।
डेंगी संक्रमित यस वर्ष २५०८ जना पुगेको छ । बिहीबार मात्र १३ जनामा संक्रमण पुष्टि भएको थियो । हाल ७४ जिल्लामा डेंगी भेटिइसकेकोछ ।
प्रदेशगत रूपमा हेर्दा वागमती प्रदेशमा सबभन्दा बढी डेंगी संक्रमित भेटिएका छन् । वागमतीमा २८९ जना डेंगी संक्रमित भएको इडीसीडीले जनाएको छ । त्यस्तै कोशीमा ४२, गण्डकी प्रदेशमा २४ तथा सुदूरपश्चिममा २३ जना डेंगी संक्रमित भेटिएका छन् । लुम्बिनीमा २२ जना संक्रमित हुँदा मधेशमा १६ र कर्णाली प्रदेशमा ५ जना डेंगी संक्रमित पाइएको छ ।
कोरोना भाइरसका भने बिहीबार नयाँ संक्रमित पाइएको छैन । ४९ जिल्लामा संक्रमित भेटिएका छन् जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ ।
जनवरीेखि हालसम्म ४१० जना कोरोना भाइरस संक्रमित भेटिइसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत