नेपालसँग नजिक साइनो रहेका अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अ +
अ -
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । अमेरिकी राष्ट्रपतिहरूमध्ये नेपालसँग बढी परिचित कार्टरको १०० वर्षको उमेरमा सोमबार निधन भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उहाँको आफ्नै निवास जर्जियाको प्लेन्समा निधन भएको हो ।
कार्टरले नेपालको शान्ति प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्नुभएको थियो । उहाँ नेपालको राजनीतिमा पहिलेदेखि नै जानकारी राख्नुहुने अमेरिकी राष्ट्रपति हुनुहुन्थ्यो ।
उहाँ अमेरिकाको ३९औं राष्ट्रपति हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत