भारतमा उत्पादित २ कोभिड खोपलाई ९६ देशले दिए मान्यता
भातरतमा उत्पादित दुई खोपलाई विश्वका ९६ देशले मान्यता दिएको छ । भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड र कोभ्याक्सिनलाई विश्वका ९६ देशले मान्यता दिएको भारतको केन्द्रीय सरकारका स्वास्थ्य मन्त्री मनसुख माण्डवियाले जानकारी दिएका छन् ।
स्वास्थ्यमन्त्री माण्डवियाका अनुसार यी दुवै खोपलाई विश्व स्वासथ्य संगठनले आपतकालिन प्रयोगका लागि समेत सूचिकृत अथार्त इमर्जेन्सी युज लिस्टिङ(इयूएल) गरेको छ ।
‘हामी धेरै खुसी छौँ विश्व स्वास्थ्य संगठनले ८ खोपलाई इयूएल दिएको छ’ माण्डवियाले भन्छन्–‘त्यसमा दुई खोप भारतीय छन्।’
यसरी मान्यता दिनेमा अमेरिका, बेलायत, फ्रान्स, रुस, क्यानडा, अस्ट्रेलिया, स्पेन, जर्मनी, बेल्जियम, स्वीटजरल्याण्ड लगायतका देशहरुसहित रहेको मन्त्री माण्डवियाले बताएका छन् ।
यी देशहरुले मान्यता दिएसँगै अब यी भारतीय खोप लगाउनेका लागि विदेश यात्रामा सहज हुने भएको छ । नेपालमा पनि भारतमा उत्पादित कोभिशिल्ड खोप लगाउनेको संख्या ठूलो छ ।
हेल्थपाटी
तपाईँको अभिमत