५६ प्रतिशत जेन जेडका प्रयोगकर्ताहरू स्वास्थ्य सूचना पाउन टिकटकको भर

५६ प्रतिशत जेनेरेशन जेडका प्रयोगकर्ताहरू स्वास्थ्य सम्बन्धी सूचना पाउन टिकटक हेर्ने गरेको सार्वजनिक भएको छ । समाचारअनुसार १००० जनामा गरिएको सानो अध्ययनमा ५६ प्रतिशतले टिकटकलाई स्वास्थ्य सूचना पाउने स्रोतका रूपमा प्रयोग गर्ने गरेको पाइएको हो ।
तीन जनामध्ये एक जनाले टिकटकलाई नै मुख्य स्रोतको रूपमा लिएको पाइएको छ ।
धेरै युवाहरूले स्वस्थ र तन्दुरुस्त हुने उपाय खोज्ने गरेको तर टिकटक, गुगल र युट्यूब जस्ता सामाजिक सञ्जालमा भर पर्ने गरेको पाइएको हो ।
छिटो र निःशुल्क सूचना पाउने भएकोले यस्तो हुनसक्ने विश्लेषकहरूले बताएका छन् ।
टिकटकमा भएको सूचनालाई आधार मान्दा ११ मध्ये एक जनामा स्वास्थ्य समस्या
यसैगरी अध्ययनले ११ जना अमेरिकीमध्ये १ जनामा टिकटकको स्वास्थ्य सूचना पालन गर्दा स्वास्थ्य समस्या देखिएको छ । कतिपयले घातक किसिमको स्वास्थ्य समस्या भोग्नुपरेको बताइएको छ ।
तीनमध्ये एक व्यक्तिले टिकटकमा पाएको जानकारी दोहोर्याएर जाँच नगरेको समेत पाइएको छ । त्यस्तै १० जनामध्ये एक जनाले टिकटकमा भएको लाइक, फलोवरका कारण विश्वास गर्ने गरेको पनि पाइएको छ ।
तपाईँको अभिमत