गायक पवनदीप राजन कार दुर्घटनामा गम्भीर

अ +
अ -
गायक पवनदीप राजन सोमबार बिहान कार दुर्घटनामा पर्नुभएको छ । दुर्घटनामा परी उहाँ गम्भीर घाइते हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पवनदीपले इन्डियन आइडल सिजन १२ जितेपछि चर्चामा आउनुभएको थियो । उहाँको घर उत्तर प्रदेश हो । उत्तर प्रदेशदेखि दिल्ली जाँदै गर्दा उहाँ सवार कार अनियन्त्रित भइ अर्को सवारी साधनसँग ठोक्किएको जनाइएको छ ।
उहाँको बाँया खुट्टा र दायाँ हातमा चोट लागेको बताइएको छ। हाल उहाँको स्वास्थ्य स्थिर रहेको जनाइएको छ ।
पवनदीपले नेपालमा पनि आएर आफ्नो साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।
तपाईँको अभिमत