आगामी ३ दिन वर्षाको सम्भावना, हिमपातसमेत हुन सक्ने
अहिले देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कार्तिक १६ आज, भोली र पर्सि देशका विभिन्न स्थानमा हल्का एवं मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्नेछ ।
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।
कार्तिक १६ गते (आज) कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै सो स्थानमा हिमपात हुन सक्नेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कार्तिक १७ गते कोशी प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू९भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू९भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू९भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ
राती देशको पहाडी भू९भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८१ कार्तिक १८ गते कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू९भागका केही तथा बाँकी प्रदेशका पहाडी भू९भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ
राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत