जन्मजात बाल मुटुरोग भनेको के हो ? (भिडियो)
हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म बाल मुटुरोग सचेतना सप्ताह मनाउँछौँ। जस अन्तर्गत यो वर्ष माघ २४ गतेदेखि फागुन २ गतेसम्म पर्न आएको छ ।
जन्मजात बाल मुटुरोग भन्नाले जन्मिँदै खेरी आमाको गर्भमा हुँदै मुटुमा असर हुने रोग हो । बाल अवस्थामा नै यसको पहिचान हुने भएकाले यसलाई बाल मुटुरोग पनि भन्दछौँ। तर कुनै–कुनै जन्मजात मुटु रोग वयस्क भइसकेपछि, ४०–५० वर्षको उमेरमा पनि पहिचान हुनसक्छ। हाम्रो मुटुको बनावट गर्भअवस्थाको पहिलो ४ हप्तामै भइसकेको हुन्छ ।
आफू गर्भवती छु भनेर जानकारी पाउनु भन्दा अगाडि नै गर्भमा मुटुको विकास भइसकेको हुन्छ ।
त्यही भएर मुटुको विकास अन्तर्गत मुटुमा हुने ४ वटा कोटा। यसबाट निस्कने घमनीहरु, त्यस्तै मुटुभित्रका भित्ता र भाल्भमा देखिने असर बच्चाहरु मुटुमा मुटुको बनोटमा असर गर्दैछ। त्यसैले गर्दा कहिले कहीँ बच्चाको मुटुका भित्तामा देखिने प्वालहरु, या उसको भल्भहरु साँघुरो हुने, अथवा बन्दै नबन्ने, मुटुका धमनीहरु पनि साँघुरो हुने, या जुन कोठाबाट निस्कनुपर्ने हो त्यो नभइ अन्तै कोठाबाट निस्कने, अवथा पूर्ण रुपमा बन्द हुने हुन्छ। यस्ता समस्या भएमा बाल मुटुरोग हुनसक्छ ।
संसारभरि एक प्रतिशत जीवित बच्चाहरुमा देखिन्छ। यसलाई सजिलै रुपमा भन्दा १ हजार जना जीवित जन्मिएका बच्चामध्ये ८ देखि १० जनामा बाल मुटुरोग हुनसक्छ ।
यी बाल मुटुरोग भएका व्यक्ति मध्ये एक हजारमा १ देखि ३ जनामा घातक बाल मुटुरोग हुनसक्दछ। यस्तो केसमा जन्मिएको केही समय वा केही दिनमा उपचार भएन भने शिशुको मृत्यु पनि हुनसक्छ ।
मुटुको बनावटमा के कमजोरी छ त्यही अनुसार यसका लक्षणहरु फरक–फरक देखिन्छ।
मुटुमा सानो मात्रै प्वाल छ भनेदेखि बालकको सामान्य जीवन यापनमा केही असर गर्दैन। कुनै उपचारको पनि आवश्यकता पर्दैन। धेरे जटिल अर्थात मुटुको नसाहरुमै समस्या छ भने यसलाई उपचारको आवश्यकता पर्दछ ।
बेलैमा उपचार गर्यो भने सामान्य अवस्थामै ऊ जीवन यापन गर्न सक्छ ।
(डा.शर्मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत हुनुहुन्छ)

हेल्थपाटी 
तपाईँको अभिमत