रोनाल्डो र जर्जिनाका एक सन्तानको मृत्यु
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पत्नी जर्जिना रोड्रिग्वेज का एक सन्तानको मृत्यु भएको छ । रोयटर्समा आएको खबरअनुसार उनीहरुको जुम्ल्याहा मध्ये एक सन्तानको मृत्यु भएको हो ।
रोनाल्डो र जर्जिनाले सोमबार संयुक्त वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका छन् । उनीहरुले गत अक्टुबरमा जुम्ल्याहा बच्चा जन्माउने घोषणा गरेका थिए ।
‘हामीले बहुत दुखका साथ सूचित गर्नु परेको छ, हाम्रो बच्चाको निधन भयो’ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा भनिएको छ, ‘यो कुनैपनि आमा बाबुका लागि सबैभन्दा ठूलो पीडा हो।’
जुम्ल्याहा मध्येकी छोरी भने स्वस्थ रहेको उनीहरुले जानकारी दिएका छन् । ‘केबल हाम्री छोरीको जन्मले यो समय हामीलाई केही आशा र खुसी दिएको छ’ दम्पतीले भनेका छन् ।
यो कठिन समयमा गोपनियताको माग गर्दै उनीहरुले विशेष हेरचाहका लागि डाक्टर, नर्सलाई धन्यवाद दिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत