आज दिउँसो र राति यी स्थानमा क्षणिक वर्षाको सम्भावना

फाइल फोटो।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागका केही स्थानमा आँशिक तथा सामान्य बदली छ। बाँकी भू–भागमा आंशिक बदली तथा सामान्यतया मौसम सफा छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत