सिंहदरबार वैद्यखाना विकास समितिको प्रवन्ध निर्देशकमा विधि सम्वत् नियुक्तिको माग
काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले सिंहदरबार वैद्यखाना विकास समितिको प्रवन्ध निर्देशकमा गठनादेश अनुसार नियुक्त गर्न सरकारलाई सचेत गराएको छ । वैद्यखाना विकास समिति गठन आदेश २०७७ अनुसार प्रवन्ध निर्देशकमा आयुर्वेद समुहको एघारौं तहको अधिकृतबाट नियुक्ति गर्ने प्रावधान छ ।
संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले विज्ञप्ती निकालेर स्थिर र पूर्ण कार्यकालसहितको प्रमुख नहुने हो भने संस्था धरासयी हुने अवस्था आउने भएकाले गठनादेश अनुसार नै प्रवन्ध निर्देशकमा नियुक्त गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई ध्यानाकर्षण गराउनु भएको छ ।
ज्ञवालीले सबल, सक्षम तथा विधिसम्वत कार्यकारी नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ । विकास समितिको प्रवन्ध निर्देशकको पदावधि ३ बिन अगाडि सकिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत