आज ६ प्रदेशमा भारी वर्षा हुने, बागमती र कोशीका नदीमा अलर्ट जारी
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास जल तथा मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार गए राति बागमती, गण्डकी प्रदेश धेरै ठाउँमा भारी, केही ठाउँमा मध्यम र केही ठाउँमा हल्का वर्षा भयो । काठमाडौं उपत्यकाका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग ले बागमती का ५ वटा नदीमा राटो अलर्ट जारी गरेको छ भने कोशी र कमला मा सावधानी अलर्ट जारी गरेको छ ।
ती ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा जारी छ ।
मनसुनी न्यून चापीय रेखा अबका केही दिन मा नेपाल तिर सर्ने सम्भावना छ । त्यसले मनसुन थप सक्रिय बनाउने र धेरै पानी पर्ने सम्भावना छ ।
मशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
तपाईँको अभिमत