जंगली च्याउ खाँदा ३३ वर्षीया आमा र २ छोराको मृत्यु

सांकेतिक तस्बिर।
रोल्पामा जंगली च्याउ खाएका कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ । लुंग्री गाउँपालिका–५ मा जंगली च्याउका कारण एक महिला र उनका २ छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभएको छ ।
मृत्यु हुनेहरु लुंग्री गाउँपालिका–५ कालापोखराकी ३३ वर्षीया भीमा गुरुङ, उनका छोराहरु ११ वर्षीय सुशील र ६ वर्षीय प्रेम रहेको प्रवक्ता भुसालको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरुले असार २८ गते जंगली च्याउको तरकारी खाएका थिए । बिरामी परेपछि २८ गते नै सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । बुटवलमा उपचारका क्रममा ६ वर्षीय प्रेमको सोही दिन मृत्यु भयो ।
छोरा सुशिलको ३० असार र आमामा आज ३१ असारमा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत