कोरोना खोपले शरीरमा कसरी काम गर्छ ?
काठमाडौं । हाल विश्वभर ६४ वटा कोरोना भाइरसविरुद्धका खोप परीक्षणका क्रममा रहेको बताइएको छ । तीमध्ये आधा दर्जन बराबर कोरोना खोपले आपतकालिन प्रयोगका लागि अनुमति पाएका छन् । यहाँ ती खोपले शरीरमा कसरी काम गर्छन्, प्रस्तुत गरिएको छ ।
मेसेन्जर आरएनए (mRNA) खोप :
केही खोप यस्ता छन्, जसले शरीरमा भाइरस प्रवेश गराउँछन् । अमेरिकी औषधी उत्पादक कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेक तथा मोडर्नाले निर्माण गरेको कोरोना यस प्रणालीमा निर्मित छन् ।
यस किसिमको खोपले हाम्रा कोषहरूलाई ‘स्पाइक प्रोटिन’ भनिने हानिरहित जेनेटिक प्रोटिन निर्माण गर्न निर्देश गराउँछ । यस किसिमको स्पाइक प्रोटिन कोभिड–१९ गराउने भाइरसमा हुन्छ ।
पाखुरामा दिइने यस किसिमको खोप एकपटक प्रतिरोधात्मक प्रणालीमा निर्देश भइसकेपछि कोषहरूले प्रोटिनका टुक्रा निर्माण गर्न थाल्छन् । कोषका सतहमा त्यस्ता प्रोटिनले ढाक्छन् । ती प्रोटिनलाई हाम्रो प्रतिरोधात्मक प्रणालीले बाहिरी प्रोटिन भन्ने थाहा पाउँछ ।
त्यसपछि एन्टिबडी निर्माण गरेर प्रतिक्रिया जनाउन थाल्छ । यो प्राकृतिक रूपमा कोरोना संक्रमण भएको बेला झैँ हुन्छ ।यसरी यस्ता कोषले भविष्यमा शरीरभित्र प्रवेश गर्न खोज्ने कोरोना भाइरसलाई रोक्ने काम गर्छन् ।
साथै भाइरस संक्रमित कोषलाई मार्ने काम समेत गर्छन् । अन्त्यमा, हाम्रो शरीरले भाइरससँग लड्ने तौर तरिका सिकिसक्छ । जसले भविष्यमा बाहिरबाट नयाँ भाइरस प्रवेश गर्न खोज्दा रोक्ने काम गर्छ ।
एडिनोभाइरस आधारमा निर्मित खोप
बेलायतमा आपतकालिन प्रयोगका लागि अनुमति पाइसकेको अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोप यस प्रणालीका आधारमा निर्मित खोप हो । त्यस्तै जोन्सन एन्ड जोन्सन खोप पनि यस प्रणालीका आधारमा निर्माण गरिएको छ ।
सन् १९७१ देखि १९९९ सम्म अमेरिकी सैनिकले प्रयोग गरेको यस प्रणालीको खोप उत्पादन रोकिएको थियो । तर अहिले कोभिड–१९ का विरुद्ध खोप निर्माण गर्दा यस किसिमको प्रणाली अवलम्बन गरिएको हो ।
यस किसिमको खोप पनि प्रोटिनयुक्त भएकाले शरीरभित्र प्रोटिन प्रवेश गर्छ । यो जेनेटिक इन्स्ट्रक्सनका आधारमा निर्मित गरिएकोले फाइजर–बायोएनटेक र मोडर्नाको खोप जस्तै स्पाइक प्रोटिनको निर्माण तथा निर्देशन दिन्छ । तर यी खोप दोहोरो डीएनएका आधारमा निर्मित छन् ।
अक्स्फोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको खोपमा एडिनोभाइरस प्रयोग गरिएको छ । यो भाइरसले रुघाखोकी लगाउने गर्छन् । अक्स्फोर्डले परिमार्जित एडिनोभाइरस प्रयोगका छन् । यो भाइरस चिम्पान्जीबाट परिमार्जित भाइरस हो । यसलाई ChAdOx1 भनेर चिनिन्छ ।
यो खोप प्रदान गरेपछि एडिनोभाइरस शरीरको कोषहरूमा ठोक्किन्छ । अनि प्रोटिन सतहमा ढाल भएर बस्छ । त्यसपछि एडिनोभाइरसले यसको डीएनए न्यूक्लियसमा पठाउँछ । एडिनोभाइरस परिमार्जित गरिएकाले यसले प्रतिलिपी बनाउन सक्दैन ।
तर कोरोना भाइस स्पाइक प्रोटिनका लागि भएको जिनले कोष थाहा पाउँछ र यसको प्रतिलिपी मोलेक्युलमा गराउँछ । जसलाई आरएन वा एमआरएनए भनेर चिन्छौँ ।
अक्स्फोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको खोपले एन्टिबडी निर्माण गर्छ । बी सेल भनेर चिनिने कोषहरू खोप मार्फत प्रवेश गराइएका कोषहरूमा ठोक्किन्छन् । यसले स्पाइक प्रोटिन टुक्रिन्छन् । कतिपय बी सेल टुक्रिएको स्पाइक प्रोटिनसँग रहन्छन् ।
जब यी बी सेल सक्रिय हुन्छन् तब एन्टिबडीको निर्माण हुन्छ । एन्टिबडीले बाहिरबाट प्रवेश गर्न खोज्ने भाइरसलाई रोक्ने काम गर्छ ।एन्टिजेन कोषले अर्को टी सेललाई सक्रिय गराउँछ । यसले कोरोना भाइरस संक्रमित कोषलाई नष्ट गर्ने काम गर्छ ।
प्रोटिनका आधारमा निर्मित खोप
NVX-CoV2373 नाम दिइएको नोभाभ्याक्स प्रोटिनका आधारमा निर्मित खोप हो । अन्तिम चरणको परीक्षणमा रहेको यो खोप प्रभावकारी र सुरक्षित हुन्छ÷हुँदैन नतिजा कुर्नुपर्ने हुन्छ ।
कोभिड–१९ गराउने भाइरस सार्स–कोभ–२ प्रोटिनयुक्त हुन्छ । नोभाभ्याक्स खोप यसैसलाई आधार मानी निर्माण गरिएको छ । अनुसन्धाताहरूले जिनलाई परिमार्जित गरी खोप विकास गरेका छन् । उनीहरूले जिनलाई फरक ढङ्गबाट प्रवेश गराएका छन् । यसले
किट कोषिकाहरूलाई संक्रमित हुन दिन्छ । संक्रमित कोषिकाहरूले प्रोटिन निर्माण गर्छ । यो किसिमको खोप यसअघि पनि अभ्यासमा आइसकेको छ । यो खोपले नानोपार्टिकल अर्थात् साना कण निर्माण गर्न मद्दत गर्छ । प्रवेश गराइएको प्रोटिन र कोषिका मिलेर यस्ता कण बन्दछन् । यस्ता कणले कोरोना भाइरसको मोलेकुलर संरचनाको नक्कल गर्दा कोभिड–१९ संक्रमण हुन सक्दैन ।
यसैगरी प्रतिरोधात्मक कोषमा ‘बी सेल’ भनेर चिनिने कोषले खोप साना कणहरूलाई पनि शत्रु ठान्दछ । यस्ता कोषहरू स्पाइक प्रोटिनमा रहन जान्छन् । अनि खोपका कण तथा भागलाई भित्र आमन्त्रण गर्छ अनि प्रोटिन टुक्राटुक्रा भएर सतहमा फैलिन्छ ।
यसरी यदि खोप लगाइएको व्यक्ति कोरोना भाइरससँग सम्पर्कमा आएमा त्यस्ता भाइरसलाई कोषको सतहमा भएको प्रोटिनले भित्र छिर्न दिँदैन । जसले सबै कोषलाई सुरक्षित राख्छ । यसैगरी यो खोपले अन्य खोपलेझैँ संक्रमित कोषलाई मार्ने काम गर्छ । एन्टिजेनले ‘किलर टी सेल’लाई सक्रिय बनाउने भएकाले संक्रमित कोषलाई यसले मार्ने गर्छ ।
निष्क्रिय कोरोनाभाइरस खोप
कोरोनाभाइरसकै प्रयोग गरेर बनाइएका खोप यस अन्तर्गत पर्छन् । भाइरसलाई निष्क्रिय बनाएर यस किसिमको खोप निर्माण गरिएको हुन्छ । सिनोभ्याकले चीनमा विकास गरेको कोरोनाभ्याक (CoronaVac) खोप, यस आधारमा बनाइएको छ । टर्कीमा परीक्षण गर्दा यसको ९१.५ प्रतिशत प्रभावकारिता भएको बताइएको छ ।
यस किसिमको खोप सिनोफार्म र भारत बायोटेकको पनि रहेका छन् । यस्ता खोपले सार्स–कोभ–२ विरुद्ध लड्ने एन्टिबडीको निर्माण गर्छन् । जसले कोषहरूमा प्रोटिनको झिल्ली बनाउँछ । यसले बाहिरबाट आउने भाइरसलाई भित्र प्रवेश गर्न दिँदैन ।
तपाईँको अभिमत