हृदयघातबाट गाउँपालिका उपाध्यक्षको निधन
हृदयघातबाट गाउँपालिका उपाध्यक्षको निधन भएको छ । दोलखा गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको आइतबार दिउँसो निधन भएको दोलखा एक पत्रकारले जानकारी दिनुभएको छ ।
तामाङनिकट रहनुभएका ती पत्रकारका अनुसार गंगालाल राष्ट्रिय हृदयरोग केँद्र बाँसबारीमा तामाङको निधन भएको हो।
४८ वर्षीय तामाङलाई पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरस्थित मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । मुटुमा समस्या देखिएपछि अस्पतालले गंगालाल लैजान रिफारिस गरेको थियो।
हिजोबाट अति सघन उपचार कक्षमा राखि उपचार भइरहेकोमा आइतबार दिउँसो निधन भएको उहाँनिकट पत्रकारले जानकारी दिनुभयो ।
तामाङ २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत