तीजको दिन बिहानैदेखि झरी, कस्तो रहन्छ दिउँसो र रातिको मौसम ?
हिन्दु महिलाहरूको पर्व तीजको दिन आज बिहानैदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ ।मौसमविदका अनुसार आज दिनभर जसो झरी पर्ने देखिन्छ । कुनै बेला कम हुने र फेरि वर्षा हुने क्रम जारी रहनेछ। दिउँसो ४ प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
तपाईँको अभिमत