दृष्टि विशेषज्ञ दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
अ +
अ -
दृष्टि विशेषज्ञ दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाउनुभएको छ। साह महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।
स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राख्दै चुनावमा होमिएका साहले हालै सम्पन्न निर्वाचनमा पूर्व श्रममन्त्री एवं अनुभवी नेता शरतसिंह भण्डारीलाई पराजीत गर्नुभएको थियो ।
जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएका उहाँले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गर्नुभएको छ ।
उहाँले विश्व स्वास्थ्य संगठन र एफएचआई ३६० जस्ता संस्थामा काम गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत