कोरोनाको खोप विकासमा अमेरिका र चीनबाहेक १५६ देश एकजुट

प्रतिकारात्मक तस्बिर
काठमाडौं । कोरोना विरुद्धको खोपको साझा विकास र उचित वितरणका लागि १५६ राष्ट्रले सहभागिता जनाउने भएका छन् । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोभ्याक्स नाम दिएको अभियानले भावि खोप वितरणमा मध्यय आय भएका तथा गरिब मुलुकहरुलाई सहजीकरण गर्ने जनाएको छ ।
डब्ल्यूएओ प्रमुख डा.टेड्रोस अधानोम गेहब्रेयसले महामारीबाट छिटो पार पाउन सबै देशका केही मानिसलाई खोप लगाउनु उत्तम रणनीति हुने बताउनुभयो । उहाँले देशका सबैलाई खोप लगाउनु सही नहुने बताउनुभयो ।
सन् २०२१ सम्ममा २ अर्ब खोपको मात्रा उपलब्ध गराउने लक्ष्य राखिएको छ । खोपको प्राथमिकतामा उच्च जोखिममा रहेका समुह, स्वास्थ्यकर्मी र वृद्धवृद्धा पर्नेछन् ।
खोप वितरणका लागि ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म स्रोत नजुटिसकेको डब्ल्यूएचओले जनाएको छ ।
कोभ्याक्स अभियानमा अमेरिका र चीन सहभागी भएका छैनन् ।
जोन्स हप्कीन्सका अनुसार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २ सय २० पुगेको छ भने ९ लाख ६३ हजार संक्रमितको मृत्यु भएको छ ।
तपाईँको अभिमत