सोलुखुम्बु थामे खोला बाढी : कसरी आयो ? अहिलेसम्म के-के भयो क्षति ?
थामे खोलाको शिरबाट आएको बाढीले सोलुखुम्बुको एक वस्तीमा ठूलो क्षति पुगेको छ । शुक्रबार दिउँसो एक्कासी आएको बाढील खुम्बु पासाङल्हामु गाउँपालिका–५ तल्लो थामे वस्तीमा क्षति पु¥याएको हो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार तल्लो थामेका १२ वटा घर तथा होटल पूर्ण रुपमा क्षति भएका छन् । ७ वटा घर बाढीको जोखिममा परेका छन् । वस्तीबीचबाट खोला बगेको र एक विद्यालय र एक स्वास्थ्यचौकी समेत बाढीमा परेको प्रजिअ पाण्डेले जानकारी दिइन् ।
एक कान नसुन्ने व्यक्ति हराइरहेका छन् । ती बाढीमै हराएको वा अन्त कतै गएको पुष्टि नभएको पनि उनको भनाइ छ ।
बाढी प्रभावितहरुलाई पल्लो थामे भन्ने नजिकैको अर्काे वस्तीको होटलमा लगेर राखिएको पनि पाण्डेले बताइन् । पाण्डेका अनुसार करिब १५० जतिलाई सुरक्षित स्थानमा राखिएको छ ।
खोलाको तलतिर एक पुल समेत बगाएको छ।
सडक तथा पैदल हिँड्ने बाटो समेत बाढीले बगाएको छ । हेलिकप्टरबाट मात्रै त्यो ठाउ्रँमा पुग्न सक्ने अवस्था रहेको पनि प्रजिअ पाण्डेले जानकारी दिइन् । मौसम खराबीका कारण तत्काल हेलिकप्टर समेत लान सक्ने अवस्था छैन । भोलि रक्षा मन्त्री मानवीर राई सोलुखुम्बु पुग्ने र राईसहित आफू समेत प्रभावित क्षेत्रमा जाने तयारी रहेको पनि पाण्डेले बताइन् ।
मानवस्ती भन्दा निकै माथिबाट बाढी आएकोले कसरी बाढी आयो भनेर अनुमान गर्न नसकिएको उनको भनाइ छ । हिमताल फुटेर वा पहिरोले खोला थुनेर केही दिन जमेको पानी फुटेर बाढी आएको अनुमान गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत