वीर अस्पतालमा स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित
कोभिड - १९ युनिफाइड केन्द्रीय अस्पतालमा वीरमा स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित भएको छ । संक्रमितको चाप घटेकाले हाललाई छनौट प्रक्रिया स्थगित गरिएको अस्पतालका निमित्त प्रशासकीय अधिकारी प्राडा.भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
‘अहिले संक्रमित घटेका छन्, चाप बढेपछि फेरि हामी प्रक्रिया सुरु गर्छाै, उहाँले भन्नुभयो प्रक्रिया केही समय पछि सारिएकाे मात्रै हाे , अहिले फारम भरेकाहरुबाट नै पछि छान्ने हो । ’
उहाँका अनुसार संक्रमितको चाप नभएकाले अहिले स्टाफ नर्सको आवश्यक नपरेको हो । वीरले कोरोना संक्रमितको उपचार तथा हेरचाहका लागि बढीमा ६ महिनाका लागि पाचौं तहका ५० जना नर्स माग गरेको थियो । यसका लागि भदौ २१ गते विज्ञापन प्रकाशित गरिएको थियो ।
५० जनाका लागि ३ हजार नर्सको आवेदन परेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत