कान्ति बाल अस्पताल : ५० बेडको जनरल अस्पतालदेखि १००० बेडको विशिष्टिकृत अस्पताल बनाउने योजनासम्म
सरकारी स्तरमा नेपालको एक मात्र ठुलो विशिष्टिकृत कान्ति बाल अस्पतालले आफ्नो ६४औं वार्षिक उत्सव मनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा अस्पतालले मंगलबार वार्षिक उत्सव मनाएको हो । सो अवसरमा अस्पतालले स्मारिकासमेत सार्वजनिक गर्यो । स्मारिकामा अस्पतालका निर्देशक डा. पंकज रायले अस्पतालको विकासक्रम र हालको अवस्था बारे चर्चा गर्नुभएको छ । उक्त लेखलाई नै यहाँ प्रस्तुत गरिएको छ ।
---
कान्ति बाल अस्पताल स्थापनाको ६३ वर्ष पूरा गरी । ६४ औं वर्षमा प्रवेश गरेको छ । यस अस्पताल नेपालको एकमात्र सरकारी बाल अस्पातलको रूपमा रहेको छ । विभिन्न महामारी लगायतका विषम परिस्थितिमा समेत यस अस्पतालले गुणस्तरी सेवा प्रवाह गरेको सर्वविदितै छ । पछिल्ला वर्षहरूमा यस अस्पताल स्वास्थ्य सेवाका अलावा विशिष्टिकृत चिकित्सक तथा नर्सहरू उत्पादन गर्ने एक उर्वर भूमिको रूपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ । यस प्रकारका उत्साहजनक प्रगतिका कारण सरकारी अस्पताल प्रति नागरिकको बिश्वासमा बढोत्तरी भएको छ । देशभरका बिरामी बालबालिकाको रेफरल केन्द्रको रूपमा रहेको यस अस्पतालमा आ.व. २०८१/०८२ मा करिब २ लाख २५ हजार बिरामी बालबालिकाहरूले सेवा लिएको देखिन्छ । दक्ष जनशक्ति, अस्पतालको लागि आवश्यक उपकरणको उचित प्रवन्ध निष्ठावान स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र चुस्त व्यवस्थापन शैलीको कारण अस्पतालले उपलब्ध गराउने सेवाको गुणस्तरियता कायम भएको छ ।
६४ वर्ष अघि जनरल अस्पतालको रूपमा ५० शैयाबाट सेवा सुरु भएको यस अस्पताल समयक्रमसँगै १५० शैयाको बाल अस्पताल हुँदै अस्पतालले नवजात शिशुहरूको उपचारको लागि आवश्यक सघन उपचार कक्ष सहितको सेवा सञ्चालनको सुरुवात गरेको देखिन्छ । यसै क्रममा सन् १९८६ मा जापान सरकारको सहयोगमा क्लिनिकल संरचना, क्लिनिकल उपकरण ईमरजेन्सी, अपरेशन थिएटर CSSD, ईन्टरमेडियट कक्ष, क्लिनिकल टेष्टहरू, प्याथोलोजीका प्रयोगशालाहरूका साथ साथै अस्पताललाई आवश्यक अक्सिजन प्लाण्टको लगायतको प्रवन्ध भयो ।
अस्पतालको विकासक्रम
सन् १८६३
– कान्ति अस्पतालको रूपमा सेवा प्रारम्भ
– ५० बेड क्षमतामा सञ्चालन
– सन् १९६८ सम्म सोभियत संघको व्यवस्थापनमा सञ्चालन
सन् १८७०
– कान्ति अस्पतालबाट कान्ति बाल अस्पतालमा रूपान्तरण भई १५० बेडमा स्तरोन्नती
– बाल शल्य चिकित्सा, मेडिकल लगायतका सेवा सञ्चालन सुरु
सन् १९८६
– जापान सरकारबाट उपकरण अनुदानमा प्राप्त
– NICU PICU SICU बेडहरूको सुरुवात
– अक्सिजन प्लाण्टको स्थापना
– प्याथोलोजी, प्रयोगशाला, रेडियोलोजी सेवा, सर्जिकल अपरेशन थिएटरको स्थापना, सि.एस.एस.डी., लण्ड्रीको स्थापना तथा पानी प्रशोधन प्लाण्टको स्थापना ।
सन् १८५३
– अस्पताल र जापानिज सहयोग नियोग बीच सम्झौता बमोजिम अस्पतालको बिस्तार
– १५० बेडबाट २५० बेडमा स्तरोन्नती
सन् २००२
– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ५० बेड थप गरी ३०० बेड क्षमता बिस्तार
– नवजात ईन्टरमेडियट वार्ड, कार्डियोलोजी अंकोलोजी सेवा प्रारम्भ
सन् २०१६
– केन्द्रीय सघन उपचार कक्षको लागि जापानी सहयोग प्राप्त
– ५२ बेड आई.सि.यू. सञ्चालन
सन् २०२२
– कान्ति बाल अस्पतालको बृहत गुरुयोजना अनुरूप DPR गर्ने कार्यको सुरुवात
– नर्सिङ्ग विषयमा १ वर्षे Fellowship in Paediatric Oncology Nursing कार्यक्रमको सुरुवात
– जापानी सहयोग नियोग [JICA] सँग MRI मेसिन र CT Scan को लागि सम्झौता
सन् २०२३
– Save the Children बाट फोहोर मैला व्यवस्थापनको लागि मेसिन उपलब्ध भई सञ्चालन
– जापानी सहयोग नियोगबाट प्राप्त सिटी स्क्यान मेसिन र एम.आर.आई. जडान भई सञ्चालनमा आएको
– थप व्यवस्थित अस्पताल फार्मेसी सञ्चालन
सन् २०२४ देखि हालसम्म
– सबै युनिटले सबै बिरामी अर्थात् नयाँ पुराना बिरामी हेर्ने व्यवस्था गरिएको छ ।
– फार्मेसीमा औषधिको पर्याप्तता तथा प्राप्तीमा सहजता होस भनेर आन्तरिक श्रोत तर्फबाट चार जना जनशक्ति थप गरी साविकमा सञ्चालन भइ आएको फार्मेसी भन्दा एक तला माथि समेत फार्मेसी काउन्टर सुरु गरिएको छ ।
– धेरै लामो समयदेखि हुन नसकेको पुरानो जिन्सी लिलामी गरिएको छ जसले गर्दा कवाडीले भरिएको अस्पतालको मुहार उज्यालो हुँदै गएको
– नेपाल सरकारलाई ५४ लाख आम्दानी थपिएको तथा अनावश्यक सामानले भरिएको स्थान समेत उपयोग गर्न सकिने भएको छ ।
– पुन: प्रयोग हुने सामान छानेर बिक्री गर्ने गरिएको छ जसले गर्दा थोरै भएपनि अस्पतालको आन्तरिक श्रोत वृद्धिमा सहयोग पुगेको छ ।
– सरसफाइ कार्यक्रम [Waste management] लाई प्रभावकारी रूपमा सञ्चालन गरिएको छ।
– शैया बिस्तार गर्ने ठाउँको अभावमा विशेषत: PICU र NICU बेड नपाएर सेवाग्राहीहरू अन्यन्त्रै जानुपर्ने अवस्था भएकोले PICU १२ शैयाबाट बिस्तार गरी १५ शैया र NICU १५ शैयाबाट बिस्तार गरी १८ शैया बनाइएको छ ।
– एक थान एनेस्थेसिया मेसिन गत आ.व.मा खरिद गरिएको र एक थान एनेस्थेसिया मेसिन स्वास्थ्य सेवा विभागबाट ल्याएर सेवा सञ्चालन गरिएको । हाल चालु अवस्थामा रहेको छ ।
– Observation ward मा २२ शैया बिस्तार गरिएको छ।
– अस्पतालबाट सञ्चालन सेवाहरूको सेवा विन्दु पहिचान गर्नका बिरामी बालबालिकाका अविभावकहरूलाई सहज होस् भन्ने अभिप्रायले यथेष्ट नेभिगेसन बोर्डहरूको स्थापना गरिएको ।
– सेवाग्राहीको सुविधा व्यवस्थापनका लागि ओपीडी कक्ष तथा CT MRI कक्ष अगाडि प्रतिक्षा स्थलमा वेन्चहरू थप गरिएको ।
– अनलाइन टिकट काटने प्रवन्ध तथा लाइन व्यवस्थापनका लागि टोकन जडान गरिएको छ ।
– अस्पताललाई १००० शैयाको विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्ने योजना अनुरूप बृहत गुरुयोजना अनुरूपको Drawing Design स्वीकृत भई सो सम्बन्धि अन्य आवश्यक प्रकृया अगाडी बढेको ।
– बगैचाहरू सरसफाइ गरिएको छ। नेपाल टेलीकम सँगको साझेदारीमा कुरुवाहरूका लागि वेड कम चेयर थप गरिएको छ।
– ओ.पी.डी. कक्ष वाहिरको ट्वाइलेट पुनः निर्माण गरिएको एवं सौचालयको सरसफाइमा थप सुधार गरिएको छ ।
– अस्पतालमा हेमो-डायलाईसिस सेवा सुरु गरिएको छ।
– काठमाडौं महानगरपालिका संगको सहकार्यमा साईकियाट्रिक भवनमा २ तल्ला थप गर्ने कार्य सुरु गरिएको छ ।
– नेपाल टेलिकमको CSR मा अस्पताल भित्र टावर राखी QR Payment लाई सरल बनाइएको तथा मोबाईल नेटवर्क सुधारको कार्य गरिएको छ ।
– काठमाडौं महानगरपालिको अनुदानमा मोडुलर ओ.टी. निर्माणको लागि टेण्डर प्रकृया अगाडी बढेको छ ।
– अस्पतालले भोगचलन गरीरहेको जग्गाको बिगत ६३ वर्ष देखि अस्पताल सँग लालपूर्जा नभएको अवस्थामा अधिकांश जग्गाको लालपूर्जा प्राप्ती भएको र बाँकी जग्गाको लालपूर्जा प्राप्तीको प्रकृया चलिरहेको छ।
– कान्ति बाल अस्पतालमा सञ्चालित नर्सिङ क्याम्पसमा सिमुलेसन ल्याब स्थापना गरिएको छ।
– बाल बालिका तथा किशोर-किशोरी बाल मानसिक इकाईमा १६ शैयाको अन्तरङ्ग सेवा सञ्चालन गरिएको छ ।
– अब्जरभेसन वार्डमा भर्ना भएका बिरामी बालबालिका, अविभावक तथा कार्यरत कर्मचारीहरूका लागि सौचालय निर्माण गरिएको छ ।
– साईकियाट्रिक वार्डमा Pallative Care सेवा सञ्चालनमा ल्याईएको छ ।
– अस्पतालको Networking प्रणाली Update गरी अस्पतालको रेडियोलोजी विभागका रिपोर्टिङ फिल्मलेस गर्ने उद्देश्य स्वरूप PACS System Installation को कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको ।
– अस्पतालमा पानीको आपूर्तिलाई थप सहज बनाउन Deep Boring स्थापनाको लागि पहल भईरहेको छ।
– लायन्स क्लबसँगको सहकार्यमा अस्पतालको सर्जिकल वार्ड माथी थप ५० शैया सञ्चालन गर्न सकिने गरीको तल्ला बिस्तारको लागि प्रतिवद्धता प्राप्त भएको ।
– डेण्टल विभागमा एकवटा डेण्टल चेयर थप गरी सेवा बिस्तार गर्ने कार्य गरिएको ।
– काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालको अघिल्लो भागको प्राङ्गणमा हाईमास पोलमा बत्ति जडान गरी रात्रीकालिन समयमा उज्यालोको प्रवन्ध गरिएको ।
– सर्जिकल विभागमा Smart Board सहितको Doctor Lounge स्थापना गरिएको ।
– थप एउटा Minor OT स्थापनाको कार्य अन्तिम चरणमा पुगेको ।
– अस्पतालमा भएको खानीपानीको अभावलाई सम्बोधन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानी वितरण प्रणालीबाट पानी जडान गरिएको र उक्त पानीले केहीहदसम्म अस्पतालको खानेपानी उपलब्धतालाई सहज बनाएको ।
हेल्थपाटी
तपाईँको अभिमत