लामो दुरीका सवारी साधन सञ्चालनमा रोक
लगातारको वर्षाका कारण बाढी, डुबान र पहिरो जस्ता जोखिम बढ्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दुरी तथा काठमाडौं उपत्यका भित्र-बाहिरका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौँ, मकवानपुर, धादिङ, गोरखा, स्याङजा, पर्वत, बागलुङलगायत जिल्लामा सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको छ । विशेषगरी असोज १८, १९ र २० गतेसम्म यी स्थानमा विशेष सतर्कता अपनाउनुपर्ने सूचनासमेत जारी गरिएको छ ।
यात्रा व्यवस्थापनमा अनावश्यक जोखिम नलिन प्राधिकरणले आग्रह गर्दै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वयमा रहन अनुरोध गरेको छ । साथै, आधिकारिक सूचना र जानकारी रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत लिन अपिल गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
खराब मौसमकै कारण मुलुकका विभिन्न विमानस्थहरू पनि अवरुद्ध भएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत