संसद भवनमै सांसद मृत भेटिए
फिनल्यान्डका युवा सांसद इमेली पेल्टोनेन संसद भवनमै मृत अवस्थामा भेटिनु भएको छ । ३० वर्षीय पेल्टोनेन सत्तारूढ समाजवादी लोकतान्त्रिक पार्टी (एसडीपी) का सांसद हुनुहुन्थ्यो ।
स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले बताएअनुसार, पेल्टोनेनले आत्महत्या गरेको विश्वास गरिएको छ। उहाँलाई मंगलबार बिहान राजधानी हेलेसिंकीस्थित संसद भवन एडुसकुन्तातालोमा मृत भेटिएको हो।
पेल्टोनेनको असामयिक निधनले फिनल्यान्ड शोकमा परेको बताइएको छ । राजनीतिक दलका सबै नेताहरूले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
'उहाँ हाम्रो समुदायका प्रिय सदस्य हुनुहुन्थ्यो । उहाँको समयअगावै भएको निधनले हामीलाई गहिरो पीडा पुगेको छ', संसदमा समाजवादी लोकतान्त्रिक पार्टीका संसदीय समूह नेतृ ट्युट्टि तुप्पुराइननले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।
यस्तो छ प्रहरीको प्रारम्भिक निष्कर्ष
प्रहरीलाई मंगलबार बिहान ११:०६ बजे (स्थानीय समय) घटनास्थलमा बोलाइएको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले कुनै आपराधिक संलग्नता नभएको जनाएको छ।
करिब तीन घण्टापछि संसद सचिवालयले संक्षिप्त विज्ञप्ति जारी गर्दै पेल्टोनेनको निधन पुष्टि गरेको थियो। विज्ञप्तिमा भनिएको छ, 'यस दु्:खद् घडीमा हामी उहाँका आफन्तसँग दुःखमा सहभागी छौँ।'
हेल्थपाटी
तपाईँको अभिमत