जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभाव अन्तर्राष्ट्रिय मुद्दा बनाउँछौँ : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गत एसिया स्वास्थ्य फोरम २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा गर्नुभएको छ ।
फोरमको पूर्ण सत्रमा मन्त्री पौडेलले डिजिटल स्वास्थ्य रुपान्तरणमा नेपालको प्रगति र एसियाली देशहरूसँग सहकार्य गर्न तयारी रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिद्वारा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउने प्रयास जारी रहेको बताउनुभयो ।
जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी सत्रमा उहाँले यसको असरबाट प्रभावित नागरिकहरूको मुद्दा उठाउन सम्मेलन आयोजना गर्ने योजना सार्वजनिक गराउनुभयो । चीन भ्रमणका क्रममा उहाँले राष्ट्रिय रोग नियन्त्रण प्रशासनका निर्देशक शेन होङबिनसँग भेट गरी स्वास्थ्य सहयोगमा छलफल गर्नुभको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत