२०२५ मा ३० करोड ५० लाख मानिसलाई सहयोग चाहिने
डब्लूएचओलाई १.५ अर्ब डलर रकम तुरुन्त आवश्यक
सन् २०२५ मा ३० करोड ५० लाख मानिसलाई मानवीय सहायता गर्नुपर्ने अवस्था हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । विभिन्न किसिमका मानवीय सहायता आवश्यक पर्ने देखिएको हो ।
डब्लूएचओले पछिल्लो समय मानवीय सङ्कट बढिरहेको भन्दै जोखिमयुक्त व्यक्तिहरूलाई तुरुन्त सहयोग गर्नुपर्ने बताएको छ । ‘२०२५ मा करिब ३० करोड ५० लाख मानिसलाई मानवीय सहायता आवश्यक पर्ने देखिन्छ’, डब्लूएचओले भनेको छ, ‘जलवायु परिवर्तन, द्वन्द्व तथा सङ्क्रामक रोगहरू विश्वमा वृद्धि भइरहेका चुनौतिहरू हुन् ।’
यसैगरी डब्लूएचओलाई तत्काल १.५ अर्ब डलर रकम आवश्यक देखिएको छ । सङ्कटहरूको समाधानका लागि सो रकम आवश्यक भएको डब्लूएचओले जनाएको छ । हाल ४२ वटा सङ्कटको सामना गरिरहेको भन्दै ती सङ्कटसँग जुध्न उक्त रकम तुरुन्त चाहिने उसको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत