कस्तो रहला देशभर आज दिनभरको मौसम ?

फाइल फोटो।
अ +
अ -
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत