स्वास्थ्य पत्रकार मञ्चको छैठौँ अधिवेशनबाट नयाँ समिति चयन, वरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारीमा निर्वाचन
स्वास्थ्य पत्रकार मञ्च नेपालको छैठौँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनबाट भीषा काफ्लेको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाबाट अध्यक्षमा यसअघि वरिष्ठ उपाध्यक्ष ररहनु भएका काफ्ले ३४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी भगवती तिमल्सििनाले २० पाउनुभयो । कुल ५५ मत खसेको थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धि कट्टेल निर्विरोध निर्वाचित हुनुभयो । दुई उपाध्यक्षका लागि चार जनाको प्रतिस्पर्धा भएको थियो । उपाध्यक्षमा महेश तिमल्सिना २७ मतका साथ निर्वाचित हुनुभयो भने शरदकुमार शर्मा र सञ्जिता खनालले बराबर २६ मत प्राप्त गर्नुभयो । दुबैको मत बराबर आएपछि दुबैलाई उपाध्यक्ष घोषित गरियो । कार्यसमितिको दुई वर्षे कार्यकालमा आलोपालो एक/एक वर्ष उपाध्यक्ष हुने गरी विजयी घोषणा गरिएको हो । पहिलो वर्षका लागि गोलाप्रथाबाट सञ्जिता खनालले उपाध्यक्ष सम्हाल्ने हुनुभएको छ ।
अर्का प्रतिस्पर्धी पुरुषोत्तम घिमिरेले १६ मत पाउनुभयो ।
यसैगरी महासचिवमा शिवहरि घिमिरे निर्वाचित हुनुभयो । उहाँले २७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी डिबी खड्काले २६ मत प्राप्त गर्नुभयो । सचिवमा ज्योति अधिकारी निर्वाचित हुनुभयो । उहाँले प्रकाश बस्याललाई पराजित गर्नुभएको हो । अधिकारीले ३२ मत प्राप्त गर्दा बस्यालले २२ मत पाउनुभएको हो ।
कोषाध्यक्षमा सृजना खत्री ३३ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी केदार गौतमले २० मत प्राप्त गर्नुभयो ।
सदस्यहरूमा सुरेश खनाल, सन्तोष राई (निरा), कृष्ण आचार्य निर्वाचित हुनुभयो । त्यस्तै भोला अधिकारी, उपेन्द्र खड्का, लक्ष्मी चौलागाई, बिना न्यौपाने र सृजना कार्की सर्वसम्मत सदस्यमा निर्वाचित हुनुभयो ।
यस्तै प्रदेश संयोजकमा लुम्बिनीका लागि वासुदेव न्यौपाने, वागमतीमा हिरोज लोप्चन र गण्डकी प्रदेशका लागि मोहसिन अलि मिया निर्वाचित हुनुभयो । प्रवास संयोजकमा तुलसा घिमिरे निर्वाचित हुनुभयो ।
मञ्चको अधिवेशनसँगै १०औँ वार्षिक साधारणसभा पनि सम्पन्न गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत