१२ वर्षीय बालकको शरीरबाट छुट्टिएको टाउको डाक्टरले जोडे
इजरायलमा चिकित्सकहरुले एक बालकको शरीरबाट लगभग अलग भएको टाउको जोड्न सफल भएका छन् ।
कार दुर्घटनामा परेका प्यालेस्टाइनका १२ वर्षीय सुलेमान हसनको जटिल शल्यक्रिया गरी डाक्टरहरुले घाँटी जोड्न सफल भएका हुन् ।
घटना जुन महिनाको सुरुको भएपनि चिकित्सकहरुले बालकको अवस्था कस्तो हुन्छ भनेर प्रतीक्षा गरिरहेका थिए । सफलता प्राप्त भएपछि बाहिर ल्याइएको इरायल टाइम्सलाई चिकित्सकहरुले बताएका छन्।
बालकको उपचारमा संलग्न चिकित्सकले बताए अनुसार उनको शीर भित्री रुपमा शरीरबाट पूरै छुट्टिएको थियो । छाला र केही महत्वपूर्ण नशाहरु मात्रै टाउकोमा जोडिएको थियो ।
जेरुसेलमस्थित हदासाह एइन केरेम अस्पतालमा बालकको उपचार भएको थियो ।
लगभग असम्भव मानिएको उपचार गरी बालकलाई बचाउन सकिएको उनको उपचारमा संलग्न डा.ओहाद इनाभको भनाइ छ ।
हदासाह अस्पतालको ट्रमा युनिटले घण्टौँ लामो शल्यक्रिया गरी बालकको ज्यान बनाएको डा.इनाभले बताए ।
‘हामीले केटाको जीवनका लागि लड्यौँ’ डा.इनाभले इजरायल टाइम्ससँग भने, ‘ प्रक्रिया आफैंमा धेरै जटिल थियो । धेरै घण्टा लाग्यो। हामीले क्षतिग्रस्त क्षेत्रमा नयाँ प्लेटहरू र फिक्सेसनहरू प्रयोग गर्यौँ।’
अपरेटिङ रुमको क्षमता, ज्ञान र नयाँ प्रविधिले बालकलाई बचाउन सकिएको डा.इभानले बताए ।
आफ्नो एक्लो छोराको ज्यान बचाइदिएकोमा सुलेमानका बुबाले चिकित्सकप्रति आभार प्रकट गरेका छन् । ‘मेरो प्यारो छोराको ज्यान बचाएकोमा म यहाँहरुलाई जीवनभर धन्यवाद भनिरहने छु’ सुलेमानमा बुबाले भने, ‘खतराहरु स्पष्ट थिए, सम्भावना कम थियो तै पनि उसले नयाँ जीवन पायो तपाईहरुलाई धन्यवाद।’
ट्रमा तथा अर्थाेपेटिक टिमको व्यवसायिकता, उनीहरुको द्रूत निर्णय र प्रविधिले छोराको ज्यान बचेको उनको ठहर छ ।
वेस्ट ब्यांक क्षेत्रका ती बालक दुर्घटनामा परेपछि एयर लिफ्टबाट तत्काल जेरुसेलम पुर्याइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत