१००० बेडको इजरायली अस्पतालमा इरानले गर्यो क्षेप्यास्त्र प्रहार, ४० जना घाइते

एआई निर्मित साङ्केतिक तस्बिर ।
अ +
अ -
इरानले इजरायलस्थित १००० बेड क्षमता भएको प्रमुख अस्पतालमा आक्रमण गरेको छ । एपी न्यूजका अनुसार बिहीबार बिहान इजरायलको दक्षिणी क्षेत्रस्थित सोरोका मेडिकल सेन्टरमा इरानले क्षेप्यास्त्र प्रहार गरेको हो ।
आक्रमणमा ४० जना मानिस घाइते भएको जनाइएको छ ।
आक्रमणपछि अस्पतालमा आपतकालीन सेवा मात्र खुला राखिएको छ भने अन्य सबै सेवा बन्द गरिएको छ। क्षेप्यास्त्र प्रहारपछि भवनमा आगलागी भएको र केही बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
अस्पतालले आपतकालीन योजना सक्रिय गरी भूमिगत पार्किङलाई वार्डमा रूपान्तरण गरेको छ।
तपाईँको अभिमत