देशका ८ नदीमा जलसतह खतरा तहभन्दा माथि, कोसी प्रदेशमा उच्च जोखिम
देशभरका विभिन्न नदीहरूमा जलसतह तीव्र गतिमा बढ्दै जाँदा आठवटा बाढीमापन केन्द्रमा पानीको सतह ‘खतरा तह’ भन्दा माथि पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी), बिरिङ खोला (झापा) लगायतका केन्द्रहरूमा जलसतह जोखिम तह नाघेको हो।
त्यस्तै, १२ वटा नदी केन्द्रहरूमा जलसतह ‘सतर्कता तह’ भन्दा माथि पुगेको र तीमध्ये अधिकांश कोसी प्रदेशमा बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। बागमती र मधेस प्रदेशका केही नदीहरूमा जलसतह स्थिर रहँदा कतिपयमा घट्दो-बढ्दो क्रम देखिएको छ।
हाल कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेकाले आज बेलुकीसम्म उच्च जोखिम रहन सक्ने पूर्वानुमान गरिएको छ। बागमती र मधेस प्रदेशमा भने वर्षाको तीव्रता विस्तारै घट्दै गएको छ। महाशाखाले कोसी, मधेस र बागमती प्रदेशका नदी क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत