तीन प्रदेशका उच्च पहाडी, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जाजरकोट । फाइल फोटो।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
बाँकी भू–भागमा मौसम सफा छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको अवस्था छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेनछ ।
बाँकी प्रदेशमा आंशिक बदली तथा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत