प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठ सेवा निवृत्त

डा. पुकारचन्द्र श्रेष्ठ (बीच) । तस्बिर : रामचन्द्र पौडेल
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ सरकारी सेवाबाट सेवा निवृत्त हुनुभएको छ । आइतबार (असोज ५) नै अवकाश पाइसक्नुभएका डा. श्रेष्ठको मंगलबार (असोज ७) औपचारिक बिदाइ गरिएको हो ।
१३ वर्ष पहिले भक्तपुरमा स्थापना भएको केन्द्रको सुरुवातदेखि नै डा. श्रेष्ठ नेतृत्वमा रहनुभएको थियो । उहाँको नेतृत्वमा केन्द्रले १५०० भन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने ३५ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा १८६ जनाको मिर्गौला र कलेजो प्रत्यारोपण गरेको थियो । यही आर्थिक वर्षमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट लिइएको अङ्गहरू दुई व्यक्तिमा एकैपटक केन्द्रमा पहिलोपटक नेपाली चिकित्सक मात्रको टोलीले प्रत्यारोपण गरेको थियो ।
उक्त प्रत्यारोपण टोलीको पनि डा श्रेष्ठले नेतृत्व गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत