मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिललाई सम्मान

फाइल फोटो।
मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान – २०७९ प्राप्त गर्नुभएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले दिँदै आएको सम्मान यस वर्ष डा.अनिलले पाउनुभएको हो । शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१औँ वार्षिक साधारणसभामा डा. अनिललाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्ति मेयर शान्ति रत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा.अनिललाई सम्मान गर्नुभएको हो।
मुटुरोग निवारणको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको, मुटुरो सम्बन्धी अनुसन्धानात्मक कार्यमा रहेको भन्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको हो।
सम्मान अघि डा.अनिलले मुटुरोगको बारेमा प्रस्तुती राख्नुभएको थियो ।
यो सम्मानले आफूलाई मुटुरोग निवारणको क्षेत्रमा थप योगदान गर्न हौसला मिलेको बताउनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत