समस्या नै समस्याको चाङमा नेपाली नर्स (भिडियो)
नेपालमा नर्सहरूले श्रमशोषणदेखि वृत्ति विकासबाट वञ्चित हुनेसम्मका समस्या झेलिरहेका छन् । निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरू झन धेरै समस्यामा छन् ।
कामको उचित मूल्यांकन नगरी कम पारीश्रमिकमा काम लगाउनेदेखि धेरै समय काममा लगाउने समस्या निजी अस्पतालमा छ । यता सरकारी संस्थामा कार्यरत नर्सहरू पनि निराश छन् ।
बिरामीको अनुपातमा नर्सको दरबन्दी नहुँदा प्रेसरमा काम गर्नुपर्ने बाध्यता रहेको नर्सहरू सुनाउँछन् । ऐनका कारण वर्षाैंदेखि एउटै तहमा काम गर्नुपरिरहेको पनि सरकारी संस्थामा कार्यरत नर्सहरूको गुनासो छ।
अहिलेसम्म नेपालमा स्टाफ नर्स, अनमी मिडवाइफ गरी १ लाख बढी नर्स नर्सिङ काउन्सिलमा दर्ता छन् । जसमध्ये आधाभन्दा बढी बेरोजगार छन् ।
सरकारी संस्थाको कुरा गर्ने हो भने हाल १२५ वटा अस्पतालमा गरी जसमा जम्मा १४ हजार ९९ छ तर ९ हजार १५१ जना नर्स मात्रै कार्यरत छन् बाँकी दरबन्दी खाली छ ।
यस्तै अनमीको दरबन्दी १० हजार रहेकोमा ६ हजार ३१६ मात्रै कार्यरत छन् । उसैपनि नर्सको दरबन्दी कम, त्यसमा पनि ७ हजार ८३२ दरबन्दी खाली छ । हाल सातौं तहमा ६९, छैठौं तहमा ५२४ र पाचौंमा ९३० जना नर्स सेवारत छन् ।
आज हामीले सरकारी सेवामा कार्यरत नर्सहरूको समस्याका बारेमा कुराकानी गरेका छौं । उहाँहरूको समस्या उहाँहरूकै शब्दमा :
भिडियो
हेल्थपाटी
तपाईँको अभिमत