रहेछ क्यान्सर, ५ जना डाक्टरले हेरिसक्दा पनि केही छैन भनिरहे(भिडियो)
गायिका मीरा राणाले अहिले क्यान्सरलाई जितेर स्वास्थ्यलाभ गरिरहनुभएको छ । ३ वर्ष अगाडि जतिबेला कोरोना महामारीको त्रास थियो।
स्तनको मुन्टोबाट रगत आउने समस्या भएपछि उहाँले नेपालमा विभिन्न अस्पताल गएर चिकित्सकलाई देखाउनुभयो । विभिन्न जाँचपछि सबैले केही छैन भन्ने निष्कर्ष निकाले । त्यति धेरै डाक्टरहरुल केही छैन भनेपछि उहाँ ढुक्क हुनुभएको थियो । तर पनि समस्या भइरह्यो ।
राणाले लण्डनमा रहेर अस्पतालमै कार्यरत बुहारीलाई फोटो पठाउनुभयो । बुहारीले तुरुन्तै बोलाएपछि जानुभयो । त्यहाँ गएर परीक्षण गराउँदा स्नत क्यान्सर रहेको पत्ता लाग्यो ।
लण्डनमा उपचारपछि उहाँ निको हुनुभयो । क्यान्सर भएको थाहा पाएपछि उहाँलाई बाच्छु जस्तो लागेकै थिएन । तर उहाँले जित्न सफल हुनुभयो । ७० वर्ष पुग्नुभएकी राणा अहिले निकै खुसी हुनुहुन्छ ।
त्यति धेरै चिकित्सकले हेर्दा पनि नेपालमा आफ्नो रोग पत्ता नलागेकोमा उहाँलाई निकै दुखः लागेको छ । आफ्नो समस्या नेपालमा सहजै पत्ता लाग्ने भएपनि यहाँका चिकित्सकले खासै ध्यान नदिएको जस्तो उहाँलाई लाग्छ । नेपाल र लण्डनमा चिकित्सकको प्रस्तुती नै फरक हुने उहाँको अनुभव छ ।
हेल्थपाटीसँगको कुराकानीमा गायिका मीरा राणाले आफूलाई क्यान्सर देखिँदाको अनुभव सुनाउनुभएको छ।
►कोरोना महामारीको समय थियो । नुहाएपछि मेरो स्तनको मुन्टोबाट रतग आएको पाएँ । नुहाउँदा नङले छोएर होकि जस्तो पनि लाग्यो । तर त्यस्तो भएको थिएन ।
त्यसपछि पहिला बी एण्ड बी अस्पताल गएँ । गएर डाक्टरलाई देखाएँ । डाक्टरले अहिले मात्रै यसरी रगत आएको होकि उहिलेदेखि आउँथ्यो भनेर सोध्नुभयो । पहिले आएको मलाई थाहा छैन भनेँ । एन्टीबायोटिक र मलम एक साताका लागि दिनुभयो । औषधि र मलमले त्यो सुक्यो ।
तर पछि फेरि नुहाँदा स्तनको मुन्टोबाट रगत आयो । त्यसपछि डाक्टरलाई फोन गरेँ–मेरो यस्तो–यस्तो भयो औषधिले पनि रोकिएन भनेँ । उहाँले म बाहिर छु आएपछि तपाईलाई सम्पर्क गर्छु भन्नुभयो ।
मैले घरमा छोरालाई भनेँ । अनि मेरो बुहारीले तुरुन्तै डा.ज्योति रायमाझीलाई सम्पर्क गरेर मेडिसिटी अस्पताल लगिन् । त्यसपछि अल्ट्रा–साउण्ड गरियो । उहाँले पनि मलाई केही छैन भनेर मलम दिएर पठाउनुभयो ।
बाहिर निस्कन नहुने कोरोनाको डर धेरै थियो । जोखिमबा बीच विभिन्न ठाउँमा गएर ५ वटा जति डाक्टरलाई देखाइयो । सबैले हेर्दा ठिक छ भनिसके तर पनि मनमा डर थियो, केही होकि भन्ने । तर त्यति धेरै डाक्टरहरुले हेरर केही छैन भनेकाले केही छैन भन्ने ढुक्क पनि थियो।
मेरो छोरा बेलायतमा थियो । बुहारी लण्डनमा फेमिली अस्पतालको मेट्रोन छ । उसले मामु हजुरले फोटो खिचेर पठाइस्यो म हेर्छु भनिन् । उसलाई पठाएँ । उसले कसलाई देखायो होला अनि तुरुन्त तपाई यहाँ आइहाल्नु भनिन् । त्यसपछि हामी ३ दिनमा त्यहाँ पुग्यौँ । बेलायत गरेर चेकअप गर्दा क्यान्सर भन्ने थाहा भयो । यहाँबाट हामी २ जना(श्रीमान–श्रीमती) गएका थियौँ ।
कतिबेर त मेरो बोल्नलाई श्वास नै आएन । एकदम गाह्रो भयो । पछि यसरी अट्याक्क गर्यो कि म विदेशमै मर्छु भन्ने भयो । कहिले मर्ने भन्ने त थाहा छैन । श्रीमानको याद आयो । हामी २ जना मात्रै आएका छौँ । म मरेँ भने ऊ कसरी एक्लै नेपाल फर्किएला भन्ने कुराले अट्याक गर्यो । बिस्तारै श्वास आयो आफैँले आफैँलाई शान्त गरेँ ।
मलाई क्यान्सर लागि त सक्यो । म मरिहाल्छु कहाँ गएर म रुने, के भन्ने भन्ने सोचाइ आयो ।
त्यहाँबाट घरमा आयौँ । घरमा आएपछि श्रीमानलाई देख्नेवित्तिकै एकदम रुन मन लाग्यो। एकदमै गाह्रो भयो । त्यही गर्दागर्दै निरन्तर चेकअफ भयो । किमो सुरुभयो । त्यसरी म राम्रो भएर फर्किएँ ।
नेपालमा पत्ता नलाग्दा दुखः लाग्यो
मलाई कस्तो फिल भयो बेलायत गएर आएँ नि त्यहाँको र यहाँको डाक्टरको बिरामीसँग प्रस्तुती नै फरक छ । मिठो बोल्ने, नरम बोल्ने, अनि आफैँ आएर परिचय दिने गर्छन् । म फलानो डाक्टर हो । म यो विषयमा हेर्दैछु भनेर भन्ने ।
यति राम्रो कि आत्मिय लाग्ने । यहाँ त डाक्टर भनेको हामी बिरामी भन्दा ठूलो मान्छे, धेरै पढेर, धेरै जानेर आएको हामीले त मान्नै पर्यो नि ।
जस्तो डा.ज्योति रायमाझी भनेको त ब्रेस्ट सम्बन्धि सर्जन नै हो भन्ने मैले पछि सुनेँ । धेरैलाई ब्रेस्ट क्यान्सर भएको छ भनेपछि, ब्रेस्टमै समस्या देखिएपछि त केही होकि भनेर शंका गर्नुपर्थ्यो नि । अल्ट्रासाउण्ड मात्र गरियो । अल्ड्रासाउण्ड गर्ने डाक्टर पनि आफन्त नै पर्नुभएछ । उहाँ पनि राणाकी छोरी, तपाई त मेरो माइजु परिबक्सिन्छ नि भन्नुभयो । उहाँले के गिर्खा जस्तो रहेछ सानो–सानो तर यो केही होइन भन्नुभयो ।
डाक्टरले भनेपछि त मान्नुपर्यो नि । ज्योति जी कसरी चेक गर्ने भनेर उहाँहरुलाई थाहा रहेछ । हामीलाई पो थाहा छैन । मेमोग्राम गराइदिएको भए त थाहा हुनेरैछ नि ।
मेरो उपचार सुरु हुन्थ्यो होला नि । मलाई सुताएर हेर्नुभयो । ४–५ जना डाक्टर, पुरुष डाक्टर पनि हुनुहुन्थ्यो, ज्योति जी हुनुहुन्थ्यो केही छैन भनेपछि ढुक्क हुनुपर्यो नि।
उहाँ गएर पो मलाई क्यान्सर भएको थाहा भयो । आफ्नो देशमा मलाई नचिन्ने को छ ? २०२२ सालदेखि संगीत विधामा लागेर, रेडियो नेपालमा स्थायी कर्मचारी भएर बसेर, आफू भन्दा धेरै भाइ बहिनीको सेवा गरेर आएको । म डाक्टर त होइन तर मेरो पेशामा म केही छुनि त ।
मलाई हाम्रो डाक्टर भनेर गर्व लाग्थ्यो । विदेशमा गएर चेक गुर्नभन्दा स्वदेशमा उपचार पाएको भए राम्रो हुन्थ्यो । हाम्रोमा पत्ता नलाग्दा मन खिन्न चाहिँ भयो । दुखः भयो । सायद वास्ता नगरेको होकि, हामीलाई खासै ध्यान नदिएको होकि ? हामी जस्तो सानो अधिकृत भएर त्यस्तो गरेको होकि जस्तो लाग्यो । मलाई उहाँ गएपछि यस्तो सोचाइ आयो ।
जे हो म निको भएर आएँ । बाच्छु भन्ने थिएन । त्यहाँ धेरै जनासँग कुरा हुन्थ्यो । मैले कसैलाई भनिन । मलाई किमो दिइरहेका बेला पनि धेरैले फोन गर्थे मैले कसैलाई केही भनिन । मैले के सोचेँ भने–आखिर म मर्ने भए मरिहाल्छु , बाँचे भने त म फेरि जान्छु नि । २०२२ सालमा पहिलो पटक गीत रेकर्ड गराएको रेडियो नेपालमा गएर अन्तवार्तां दिन्छु अनि सबैलाई भन्छु भन्ने थियो । निको भएर आएँ अनि पहिलो अन्तर्वार्ता रेडियो नेपालबाटै दिएँ ।
मलाई दुख लागेको छ । त्यत्रो कोरोनाको महामारीमा मेरो छोराले कत्ति अस्पताल धाएर कत्ति गर्यो । त्यत्ति गरेपनि मलाई यो भएको भनेर निष्कर्षमा पुर्याएन । केहि होइन, केही होइन मात्रै भनियो । भोलि म भन्दा अर्काे पनि त बिरामी त्यस्तै पर्ला त्यो चाहिँ नहोस् ।
म लण्डनमा गएँ । डाक्टरले के भन्यो भने प्रत्येक वर्ष मेरोग्राम गराउनुपर्छ । त्यसपछि मात्रै डाक्टरसँग सम्पर्क गर्ने भन्यो । केही पनि नभएको व्यक्तिले समेत ४० वर्ष कटेपछि सचेतका लागि बेला–बेला मेमोग्राम गराउनुपर्छ भन्ने रहेछ । मैले आफूलाई यस्तो भएपछि भेटिने विभिन्न व्यक्तिलाई पनि सचेत हुन भनिरहेकी छु ।
बेलैमा थाहा हुँदा त त्यसपछि के गर्ने गर्न पाइयो नि । म त यताउता गर्दै पेण्डुलम भएँ निकै समय ।
मन बलियो बनाउनु पर्छ
तर जो होस बाँचेर आएँ । आफ्नो देशमा आएँ एकदम खुसी छु । आज क्यान्सर सम्बन्धि यो कार्यक्रममा पनि आउन पाएँ । केही समय अगाडि भक्तपुरमा क्यान्सर अस्पतालले कार्यक्रम गरेको थियो । त्यहाँ मैले आफूलाई पनि क्यान्सर भएको भन्ने सयौँ बहिनीहरु भेटेँ ।
त्यो सबै देख्दाखेरी अब म बाच्छु, केही भएन भन्ने कुरा मनमा आयो । साहस आयो ।
क्यान्सरको नाम सुनेर सबै आतिन्छन् । भइहालेको छ भने मन बलियो बनाउनुपर्छ । मन बलियो बनाएर मलाई केही भएको छैन भन्यो भने औषधिले पनि काम गर्छ ।
होइन मेरो अब केही छैन । म बाँच्दिन भन्यो भने । त्यो किमाले धेरै पनि गाल्छ । मेरो ६ वटा किमो दिनुपर्ने भनिएको थियो । ५ वटामै राम्रो भयो । ३ वटा किमो दिँदा नै डाक्टरहरुले ‘बेस्ट अफ लक’ भन्नुभयो । किन भन्दा त्यो भएको सुकेर गएको सुनाउनुभयो । अन्त फैलिने त कुरै भएन ।
मन बलियो भयो भने त्यो पनि हुनसक्छ । ४० कटेका सम्पूर्ण दिदी बहिनीहरुलाई म के भन्छु भने २–२ वर्षमा मेमोग्राम गराएर ढुक्क भएर बस्नुहोस् ।

हेल्थपाटी
तपाईँको अभिमत