पेटमा लाग्ने बोसोले आयु घटाउँछ, बाेसाे कसरी घटाउने ?
न्यूयोर्क । पेटमा लाग्ने बोसोले समयभन्दा पहिले नै मृत्यु हुने जोखिम बढाउने देखिएको छ । हालसालै प्रकाशित एक अध्ययनका अनुसार पेटमा बोसो लागेर मोटो भएका मानिस जुनसुकै कारणबाट समयभन्दा पहिल्यै मृत्यु हुने जोखिम बढी देखिएको हो ।
‘द बीएमजी’ ले प्रकाशित गरेको अध्ययनमा २५ लाखभन्दा बढी मानिस सहभागी भएका थिए । सहभागीलाई ७२ वटा छुट्टाछुट्टै तवरले ३ देखि २४ वर्षसम्म अध्ययन गरिएको थियो ।
अध्ययनअनुसार महिलाभन्दा पुरुषमा यस्तो जोखिम बढी देखिएको छ । प्रति १० सेन्टिमिटर पेट बढेको महिलाको समय अगावै मृत्यु हुने जोखिम ८ प्रतिशत देखिएको छ । त्यस्तै सोही अनुपातमा बढेको पुरुषमा भने १२ प्रतिशत जोखिम देखिएको छ ।
पेटमा लाग्ने बोसोको भूमिका
वजनको अधिकांश मापन ‘बडी मास इन्डेक्स’ अर्थात् बीएमआईमा केन्द्रित हुन्छ जसले वजनलाई किलोग्राममा लिन्छ र उचाईको वर्गले मिटरमा विभक्त गर्छ ।
यदि बीएमआई १८.५ भन्दा कम छ भने तौल कम छ भनेर बुझ्नुपर्छ । यदि बीएमआई १८.५ देखि २४.९ का बीच छ भने तौल सामान्य छ भन्ने बुझ्नुपर्छ । जब बीएमआई २५ देखि २९.९ का बीच छ भने मोटोपन हुने सम्भावना बढी हुन्छ । त्यस्तै ३० भन्दा माथि बीएमआई पुगेमा मोटोपन भएको हुन्छ ।
तर आलोचकहरू बीएमआईले दुब्लो र मोटो शरीरको तौलमा अन्तर देखाउँदैन । साथै यसले शरीरको कुन भागमा बोसो लागेको छ भन्ने कुरा देखाउँदैन ।
पेटमा लाग्ने बोसोले भिसेरल नामक एक विशेष किसिमको मोटोपन हुने देखाउँछ । यो कलेजो, प्यान्क्रियाज लगायतका भित्री अंगहरूमा हुन्छ । यसलाई ‘सक्रिय बोसो’ मानिन्छ । यसले हर्मोनको कार्यलाई प्रोटिनद्वारा लुप्त हुँदै इन्सुलिन बढाउन भूमिका खेल्छ । जसकारण उच्च रक्तचाप हुने, मुटु सम्बन्धी रोग लाग्ने तथा अल्जाइमरका रोगहरू लाग्ने सम्भावना हुन्छ ।
भिसेरल बोसो अन्य बोसो (जस्तै; पाखुरा, खुट्टा तथा तिघ्रा लगायतका अंगमा हुने बोसो) भन्दा फरक हुन्छ । मिच्न मिल्ने अंगमा भएका अन्य बोसोले हर्मोनलाई असर गर्दैन । धेरै खाने तथा कम शारीरिक व्यायाम गर्नाले भिसेरल बोसो लाग्ने विज्ञहरूले बताएका छन् । यसरी कम व्यायाम गर्नाले पेटमा बोसोको मात्रा जम्मा हुँदै जान्छ ।
पेटमा बढी बोसो भए के गर्ने ?
विज्ञहरूका अनुसार पर्याप्त शारीरिक अभ्यास नै पेटमा भएको बासो कम गर्ने पहिलो उपाय हो । त्यसपछि खानाको किसिम र मात्रामा ध्यान दिनुपर्छ ।
भिसेरल बोसोलाई कम गर्ने निम्नानुसारका उपाय अपनाउनु सकिन्छ :
– वनस्पतिसँग सम्बन्धित स्वच्छ आहार खाने वा फलफूल तथा सागसब्जी खाने,
– प्रोटिन कम हुने खानेकुरा खाने त्यस्तै कम चिल्लो हुने दूग्धबाट उत्पादित पदार्थ खाने,
– प्रशोधन नगरिएका गेडागुडी खाने,
– चिनी कम गर्न केक, कुकिज बिस्कुट तथा चिनी मिसाइएको खाद्य पदार्थ नखाने,
– खानामा बढी सलाद खाने,
– दैनिक शारीरिक व्यायाम गर्ने,
– हरेक हप्ता कम्तिमा १५० मिनेट शारीरिक अभ्यास हुने खेल खेल्ने, हिँड्ने । त्यसैगरी कम्तिामा ७५ मिनेट प्रति हप्ता पौडी लगायतका शारीरिक अभ्यास हुने खेल खेल्ने ।
हेल्थपाटी
तपाईँको अभिमत