अमेरिकन प्रविधिको ‘ट्रु मी’ ब्राण्डका उत्पादन अब नेपाली बजारमा

त्पादनहरुको औपचारिक सार्वजनिक कार्यक्रम
अमेरिकी प्रविधिबाट उत्पादित टूमीका उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण सुरु भएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले टूमीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गर्नु भएको हो।
कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएको छ ।
नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रुडर्मा एसए प्रालिका अध्यक्ष मुरारकाले औपचारिक सार्वजनिक भएसँगै आजबाटै देशभरि विक्रि वितरण सुरु हुने जानकारी दिनुभयो ।
नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रु मीमा एसए प्रालिका अध्यक्षले जानकारी गराउनुभयो । नेपालमा ट्रु मीका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु मीका उत्पादन समेत बिक्री वितरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रु मीका उत्पादनलाई तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप विक्रि वितरण गरिएको थियो ।
बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि बजार विस्तारका लागि थप उत्साह बनायो । अमेरिकी प्रविधिबाट उत्पादित टूमीका हेयरकेयर र स्किन केयर सामग्री रहेका छन् ।

नायिका स्वस्तिमा खड्काले टूमीले उत्पादन गरेका सामाग्री गुणस्तरीय र प्रभावकारी हुने विश्वासका साथ यो ब्राण्डसँग आफु जोडिएको बताउनुभयो । अहिले स्किनमा जथाभावी उत्पादन प्रयोग गर्न हुन्न भन्नेमा मानिसहरु सचेत हुँदै गएको उहाँले बताउनुभयो । स्किन स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले डाक्टरको सल्लाह बिना औषधि खान हुँदैन भनेजस्तै स्किनमा पनि जथाभावी उत्पादन प्रयोग गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा ट्रुमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले टूमीको उत्पादन क्लिनिकल्ली प्रमाणित गरेको र यसका उत्पादन छाला बिशेषज्ञले समेत सिफारिस गरेकाले कुनै हानिकारक तथा रसायन पदार्थसमेत नरहेको बताउनुभयो ।
नेपाली बजारमा आधिकारिक रुपमा ट्रुमीका १७ प्रकारका हेयर केयरका उत्पादन उपलब्ध हुनेछन् । हेयर केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभाबकारी रहेको कम्पनीको भनाइ छ ।
जसमा केराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, केराटिन हेयर स्ट्रेट्रिक्त, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत