खोपको विषयमा धम्की आएपछि सिरम इन्स्टिच्यूटका सीईओले सपरिवार भारत छाेडे
अ +
अ -
नयाँ दिल्ली । खोप आपूर्तिको विषयलाई लिएर निरन्तर दबाब र धम्की आएपछि सिरम इन्स्टिच्यूट भारतका सीईओ अदार पूनवालाले मुलुक छाड्नुभएको छ । बेलायती सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाँले दबाब झेल्न नसकेर आफू परिवारसहित लन्डन पुगेको बताउनुभयो ।
पुनवालाले खोपको सम्पूर्ण भार आफूमाथि आइपरेको र त्यो एकलैले गर्न नसक्ने बताउनुभयो । उहाँलाई केही समयअघि भारत सकारले सुरक्षासमेत प्रदान गर्ने निर्णय गरेको थियो । उहाँलाई शक्तिमा रहेका केहीले निरन्तर दबाब र धम्की दिएपछि सुरक्षा प्रदान गर्ने निर्णय भएको हो ।
उहाँलाई प्रहरी र ४–५ जना कमान्डोले सुरक्षा दिने व्यवस्था गरिएको बताइएको छ । सिरमले अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप कोभिसिल्ड उत्पादन गर्दै आइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत